logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ई–कमर्स प्लेटफर्म बिजबजारको प्रमुख कार्यकारी अधिकृतमा उत्सव ढकाल


  • जन आकाश
  • आइतबार, जेष्ठ ११ २०८२

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)  मा नियुक्त गरेको छ। कम्पनीले आफ्नो दीर्घकालीन रणनीति, डिजिटल व्यापारको सुदृढीकरण तथा व्यवसाय विस्तारलाई थप सशक्त र सन्तुलित ढङ्गले अघि बढाउने उद्देश्यले ढकाललाई नेतृत्व सुम्पिएको जनाएको छ।



ढकालसँग मार्केटिङ तथा ब्रान्ड रणनीति, सम्पादकीय नेतृत्व, शिक्षण तथा वित्तीय तालिमका क्षेत्रमा सात वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ।

शिक्षा क्षेत्रमा पनि उत्तिकै सक्रिय ढकाल हाल एभरेष्ट कलेज, मदन भण्डारी मेमोरियल कलेज र क्वेस्ट इन्टरनेसनल कलेजमा व्यवस्थापन संकायका प्राध्यापकको रूपमा आबद्ध छन्। शिक्षणसँगै उनले विगत सात वर्षदेखि शेयर बजार सम्बन्धी तालिम समेत प्रदान गर्दै आएका छन्।

यसबाहेक उनले बैङ्किङ, बीमा, क्रेडिट प्रणाली लगायतका विषयमा विविध तालिमहरूमा सहभागिता जनाएका छन्। शैक्षिक पृष्ठभूमिमा भने उनले लिङ्कन युनिभर्सिटीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (MBA) हासिल गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend