logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो चार्जिङ स्टेसन


  • जन आकाश
  • सोमबार, जेष्ठ १२ २०८२

काठमाडौं । नेपाल – बैसाख १४, २०८२ – एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ।



कम्पनीले जोमसोममा ऋऋक्द्द इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ, जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ।

यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानहरूमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका पुष्टि गरेको छ। जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केवल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा विद्युतीय सवारी साधन (ईभी) विकासको सुरुवाती कदम पनि हो। अब, यस्तो उच्च स्थानसम्म CCS2 चार्जिङ सुविधा पुगेकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित रूपमा यात्रा गर्न र ग्रिनर नेपाल निर्माणमा योगदान दिन सक्नेछन्।

एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका CCS2 चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ, जसले सहरभित्र मात्र होइन, जोमसोमजस्ता टाढाका ठाउँहरूमा पनि ईभी प्रयोगकर्ताहरूका लागि भरपर्दो सेवा सुनिश्चित गर्नेछ।

यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवर्द्धन गर्छ। जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँहरू मध्ये एक हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ। पर्यावरणप्रेमी यात्रुहरूका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेशनको स्थापना एक ठूलो कदम हो।

समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट समिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताहरूबीच ठूलो विश्वास बढाउनेछ।

साथै, एमएडब्लू वृद्धि स्पीड चार्जर्सको जहाँसुकै, जोकोहीका लागि सफा यातायात सम्भव गराउने सपनालाई अझ सहज बनाउने छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend