जन आकाश
काठमाडौँ । राजसंस्था पुनर्स्थापना गर्न भन्दै बिहीबार जेठ १५ देखि अनिश्चितकालिन आन्दोलन सुरु गरिएको छ । बिहीबार काठमाडौँको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरूले शुक्रबार माइतीघरमण्डलामा आन्दोलन गरेका छन् ।
अघिल्लो दिनको तुलनामा सहभागीको संख्या न्यून भए पनि माइतीघर चोकमा आन्दोलन भएकाले बबरमहल-वानेश्वर सडक खण्ड अस्तव्यस्त बनेको छ । यसअघि गत चैत्र १५ गते पनि काठमाडौँको तीनकुनेमा राजसंस्थावादी समूहले प्रदर्शन गरेको थियो ।
त्यसक्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकार सहित दुई जनाको मृत्यु समेत भएको थियो । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरूले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend