जन आकाश
काठमाडौं । नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो ।
नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२/०८३ को बजेट अटोमोवाइल मैत्री आएको छ । खाशगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको छ ।
यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend