logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

टिकटकद्वारा “फर यु फीड”(FYF) लाई अझ व्यक्तिगत र सुरक्षित बनाउने नयाँ टुलहरू सार्वजनिक


  • जन आकाश
  • बिहिबार, जेष्ठ २२ २०८२

काठमाडौँ । टिकटकले “फर यु फीड” (FYF) लाई अझ व्यक्तिगत बनाउन युजरहरूलाई अझ धेरै नियन्त्रण दिने नयाँ टुलहरू ल्याएको छ।



यी अपडेटहरू टिकटकको प्रयोगकर्ताहरु लाई बलियो बनाउने निरन्तर प्रतिबद्धताको हिस्सा हुन्, जसले मानिसहरूलाई आफ्ना रूचिहरू अनुसार अझ गहिरो रूपमा खोजी गर्न, नचाहिएका कन्टेन्टहरू सीमित गर्न र सिफारिसले कसरी काम गर्छ भन्ने कुरा बुझ्न सहयोग गर्छ।

FYF  टिकटक एक्सपिरियन्सको केन्द्रबिन्दु हो जसले मानिसहरूलाई कन्टेन्ट, कम्युनिटी र उनीहरू लाई मनपर्ने क्रियटरहरूसँग कनेक्ट गर्दछ। नेपालमा पनि यसले नयाँ पुस्ताका क्रियटर र उद्यमीहरूको अडियन्स बढाउने र आफ्नो करियर विस्तार गर्न सहयोग पुर्‍याएको छ।

सारिका न्यौपाने ( Lil.foodie)  को खाना सम्बन्धी कन्टेन्टदेखि सिम्पल खरेलका ट्रेन्डी र एस्थेटिक भिडियोहरू, भास्कर महर्जन (Roaming Around Nepal) का यात्रा र गन्तव्य सम्बन्धी टिप्सदेखि (Wangyalcoolfilmy)  का फिल्म रिभ्यू अनि सुभम र स्वेक्क्षा ( Love.eat.repeatt ) का खाना सम्बन्धी कन्टेन्टहरूसम्म,FYF मार्फत देशभरका क्रियटरहरू फस्टाइरहेका छन्।

रूचिहरू व्यवस्थापन गर्ने नयाँ तरिका – म्यानेज टपिक्स टिकटकले म्यानेज टपिक्स

नामक नयाँ फिचर ल्याएको छ, जसले योगकर्ताहरुलाई क्रियटिभ आर्ट्स, ट्राभल, नेचर, स्पोर्ट्स लगायत १० भन्दा बढी लोकप्रिय श्रेणीका भिडियोहरू कति पटक देखिने भनेर समायोजन गर्न मद्दत गर्छ।

कन्टेन्ट पूर्ण रूपमा हटाइने छैन, तर अब युजरले आफ्नो बदलिँदो रूचि अनुसार भिजिबिलिटी मिलाउन सक्छन् र यसले आफूले रुचाउने विषयका क्रियटर खोज्न सजिलो हुनेछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend