जन आकाश
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने इला होटल्स एण्ड रिसोट्र्स (Ila Hotels and Resorts) बिच SCT-UPI कार्डका ग्राहकहरूलाई १५% सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म बागलुब स्थित इला कमफर्ट, र मौलाकाली स्थित इला होटेल्स एंड रिसोर्टसमा SCT–UPI कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५% छुट पाउनु हुनेछ । रुम महसुलमा छुट एइक् मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT- UPI कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend