logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु


  • जन आकाश
  • आइतबार, असार १ २०८२

विराटनगर । मोरङको कानेपोखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।



शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका-७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भइ प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो ।

प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शनिबार नै हुलाकी राजमार्गको रंगेली खण्डमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हुलाकी राजमार्गको रंगेली नगरपालिका-७ संसारीमाई नजिकै विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको बोइलर कुखुराको दाना बोकेको को २ च १३०० नम्बरको पिकअप दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका- ८ का ४५ वर्षीय चेतराज खनालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । पिकअपमा सवार सोही स्थानका २३ वर्षीय राम राजबंशी, २१ वर्षीय छत्र पराजुली, ३२ वर्षीय दिपेश पौडेलको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend