जन आकाश
काठमाडौँ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ। यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ ।
ग्लोकल टीन हिरो (GTH) , ग्लोकल प्रा.लि. को एक महत्वपूर्ण पहल हो।जुन केवल अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवा किशोरकिशोरीहरूलाई उचित मूल्यांकन गर्दै नया पुस्ता माझ आभारी पुर्वक पहिचान दिलाउछ। ग्लोकल प्रा.लि. प्रशिक्षण, शिक्षा, र सीप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो।
यस कार्यक्रमले किशोरकिशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ। यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ ।
पृष्ठभूमि र विस्तारः ग्लोकल टीन हिरोको सुरुवात सन् २०१५ मा काठमाडौँ उपत्यकाका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो। सन् २०१६ देखि यस कार्यक्रमलाई देशभर विस्तार गरियो, जसले गर्दा सम्पूर्ण नेपालका किशोरकिशोरीहरूले यो उत्कृष्ट मञ्चबाट लाभान्वित हुन सकेका छन् ।
यसको पहुँचलाई दक्षिण एसियाका अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्यका साथ सन् २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि ग्लोकल टीन हिरो प्रारम्भ गरिएको थियो। नेपालको शुद्द धरातल बाट सुरुवात हुदै निरन्तर विकसित हुँदै विश्वभरका उत्कृष्ट किशोरकिशोरीहरूको योगदानलाई प्रकाश पारिरहेको छ। नेपालमा नै परिकल्पना गरिएको यो कार्यक्रमको ११ औं वर्षमा, ग्लोकल टीन हिरोले नेपालका समर्पित, उत्साही र नवप्रवर्तनशील किशोरकिशोरीहरूलाई सशक्तिकरण र पहिचान प्रदान गर्न आवेदन आह्वान गरेको छ ।
आवेदन कसले दिने ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend