logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आइएमई पे र खल्ती मर्जरलाई अन्तिम स्वीकृति


  • जन आकाश
  • बिहिबार, असार ५ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ ।



नेपालको इतिहासमै दुई ठुला डिजिटल वालेट एक भएर एकीकृत कारोवार हुन लागेको यो नै पहिलो पटक हो । नेपालमा डिजिटल कारोबारको इतिहास हेर्ने हो भने त्यति धेरै लामो समय नभएता पनि यसको प्रयोग भने तिब्र गतिमा भएको छ भन्ने कुराको प्रमाण आइएमई पे र खल्तीको यो संयुक्त कारोबारको अवसर पनि हो ।

आइएमई पे र खल्तीको एकीकृत कारोवार पश्चात आधिकारिक रुपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहने छ ।यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरी स्थित रहने छ ।

संयुक्त कारोबार पश्चात अधिकारिक रुपमा एपको नाम खल्ती रहने छ । ठुलो चुक्ता पुजी र पचास लाख भन्दा बढी अधिकारिक प्रयोगकर्ताहरूले खल्ती एपलाई नेपालकै सबैभन्दा ठुलो र बलियो डिजिटल वालेटको रुपमा स्थापित गरेको छ । साथै भुक्तानी सेवा प्रदायक क्षेत्रमा नेपालको ग्रामिण क्षेत्रसम्म पहुँच बिस्तारमा तिब्रता आउने विश्वास कम्पनीले लिएको छ ।

नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तिन महिना सम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तिब्र रुपमा चल्नेछ । जसका लागि दुवै एप ,आइएमई पे र खल्ती यथावत रुपमा संचालनमा रहने छन् । दुबै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू ,खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् ।

खल्ती र आइएमई पे दुबैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पे मा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समाबेश गरिनेछ ।नया प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नया फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।

संयुक्त कारोवार पश्चात एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सवै फिचरहरु त्यहाँ समावेश हुनेछन् । अहिले सम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend