जन आकाश
रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले पार्टीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आज मन्थलीको देवकोटा चोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रमा २० जना रक्तदाताहरुले रगत दान गरेका छन् ।
उक्त कार्यक्रमको प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी रामेछापको सहयोगमा रक्तादान कार्यक्रम भएको हो ।

रास्वपा रामेछाप जिल्ला समितिको वैठकले वार्षिकोत्सव सफल बनाउन विभिन्न समितिहरु बनाएको थियो त्यसमध्य रक्तदानको लागि जिल्ला उपसभापति मोहन कार्कीको संयोजकत्वमा भुपध्वज बुढाथोकी, सुस्मिता लामिछाने लगायतको समिति निर्माण गरेको थियो ।
कार्यक्रमको अध्यक्षता रास्वपा रामेछापका रमेश कुमार रायले गर्नुभएको थियो । रक्तदान कार्यक्रम लगतै रास्वपाले कोणसभा पनि गरेको थियो । आज नै जिल्ला पार्टी कार्यलयमा दिप प्रज्वलन गरी घण्टी बजाएर पार्टी सभापति रवि लामिछाने चाडै झुट्टा मुद्दावाट छुटुन सरकारको आखा खुलोस भनेर समेत प्रथाना गरेका थिए ।
रामेछाप रास्वपाले हिजो अर्थात असार ६ गते पार्टी स्थापना दिवसकै अवसरमा संगठन सवलीकरण तथा जागरण अभियान कार्यक्रम पनि गरेको थियो उक्त कार्यक्रममा बागमती प्रदेशका सभापति डा. अचुतम् लामिछाने प्रमुख प्रशिक्षकको रुपमा आउनु भएको थियो ।
त्यसैगरी प्रशिक्षकको रुपमा नै केन्द्रीय अनुसाशन आयोगका रमाकान्त अर्याल, बागमती प्रदेश प्रशिक्षण बिभाग सदस्य शम्भुराज शर्मा लगायतले प्रशिक्षण दिनुभएको थियो ।
संगठन सवलीकरण तथा जागरण अभियानको आयोजना जिल्लाले गरेको थियो । उक्त कार्यक्रम सफल बनाउन बागमती प्रदेश सदस्य तथा विपेश खत्रीको संयोजकत्वमा दिपेश बस्नेत, रमित मानान्धर ३ सदस्यीय समिति बनेको थियो ।
संगगठन सवली करण तथा जागरण अभियानमा सहभागी ६२ जना र रक्तदानमा सहभागी २० जनालाई प्रमाणपत्रले सम्मानित समेत गरिएको थियो ।
रक्तदान कार्यक्रमको प्रमाणपत्र जिल्ला सभापति रमेश कुमार राय र नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिब कुमार कार्कीले संयुक्त रुपमा सम्मानित गरिएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend