logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

संगतको कारण डुब्यो गोविन्दाको करिअर


  • जन आकाश
  • आइतबार, असार ८ २०८२

काठमाडाैं– कुनै समय बक्स अफिसको ‘हिट मेसिन’को रुपमा मानिने गोविन्दा बलिउडका ‘नम्बर वान’ हिरो थिए । उनको करियरमा एकसेएक सुपरहिज फिल्म दिएका गोविन्दालाई अहिले काम नै मिल्न मिल्न छाडेको छ । उनलाई अहिले काम मिल्न छाडेपछि फिल्ममा भन्दा धेरै मेला महोत्सवमा बढी देखिने गरेका छन् ।



गोविन्दालाई लिएर ‘शोला और शबनम’ जस्ता फिल्म बनाएका निर्माता पहलाज निहलानीले हालै एक अन्तर्वार्तामा उनको करिअर डुब्नुको कारणबारे महत्त्वपूर्ण खुलासा गरेका छन् । उनका अनुसार खराब संगतका कारण गोविन्दाको करिअर पतन हुन पुगेको हो । पण्डित र ज्योतिषीमा बढी विश्वास गरेर त्यसअनुरुप चलेका कारण पनि उनको यो अवस्था आएको पहलाजको विश्लेषण रहेको छ ।

उनले भनेका छन्, ‘गोविन्दा अलराउन्डर थिए । उनले आफ्नो करिअर निकै राम्रोसँग सम्हाले । तर, उनले आफ्नो कमजोरीका कारण मानिसहरुलाई सजिलै भरोसा गर्ने भएकाले यस्तो हुन पुगेको हो । उनको आसपासको माहोल नै राम्रो थिएन । यसैले उनी भड्किरहे । पण्डित र ज्योतिषीमा उनी बढी विश्वास गर्छन् र त्यसकै संगतमा रहन्छन् । यसले नै उनको करिअर प्रभावित बनायो ।’

कुनै समय गोविन्दा र पहलाजबीच घनिष्ट सम्बन्ध थियो । तर, अहिले बोलचाल समेत बन्द छ । यसको पछाडि निर्देशक डेविड धवनलाई मुख्य कारण मान्छन्, पहलाज । उनी भन्छन्, ‘डेविडले गोविन्दसँग लगातार काम गरिरहेका थिए । उनले नै गोविन्दको दिमागमा मविरुद्ध विष भरिदिए । किनकि, उनलाई लाग्थ्यो मैले फिल्मबाट धेरै कमाए । जबकि मेरै फिल्मबाट उनको नाम भयो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend