जन आकाश
रामेछाप । रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा रामेछाप अस्पताल परिशरमा विभिन्न प्रजातीका वृक्षारोपण गरिएको हो ।
डिभिजन वन कार्यालय रामेछाप र र भू तथा जलधार व्यवस्थापन कार्यालय रामेछापको आयोजनामा वृक्षारोपण दिवस मनाइएको छ । अस्पताल परिशरमा विभिन्न प्रजातीका एक सय भन्दा बढी विरुवा रोपिएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशंकर जयसवालले बताएका छन् ।
सरकारले असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवसका रुपमा बनाउने निर्णय गरेअनुसार रामेछापमा पनि विरुवा रोपेर दिवस मनाइएको डिभिजन प्रमुखले बताएका हन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend