logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बबरमहल र मीनभवनमा आकाशे पुल निर्माणको काम सुरु


  • जन आकाश
  • बुधबार, असार १८ २०८२

काठमाडौं । सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ।



पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ।

मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ भने मीनभवनमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याएको छ ।

आकाशे पुल नहुँदा दुवै ठाउँमा पैदल यात्रु जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend