logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

माधव नेपालविरूद्ध अभिव्यक्ति दिएपछि रामकुमारी झाक्रीलाई सोधियो स्पष्टीकरण


  • जन आकाश
  • बुधबार, असार १८ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ।



झाक्रीले बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गर्दै अभिव्यक्ति दिएकी थिइन्।

‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ असार १५ गते बुटवलमा भएको प्रशिक्षणमा उनले भनेकी थिइन्।

अध्यक्ष नेपाल पतन्जली जग्गा प्रकरणमा मुछिएका थिए। उनलाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अध्यक्षमाथि अभिव्यक्ति दिएपछि एकीकृत समाजवादी अनुशासन आयोगले स्थायी समिति सदस्य झाक्रीमाथि तीन दिने स्पष्टीकरण सोधेको हो।

पार्टीका सचिव सोमनाथ पाण्डेले स्थायी समिति सदस्य झाक्रीमाथि अनुशासन आयोगले स्पष्टीकरण सोधेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend