जन आकाश
काठमाडौं ।सुर्खेतको भेरी नदीको पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन्।
गुर्भाकोट नगरपालिका १० भेडावारीस्थित भेरी नदी पुलबाट सोही नगरका वडा ११ का ६० वर्षीय गोपाल वली हाम फालेका छन्।
उनी बुधबार सवा दुई बजे पुलबाट हाम फालेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
उनी हाम फालेको खबर सुन्नसाथ प्रहरी चौकी मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र अधिकारीको कमाण्डमा ५ जनाको टोली खटाइएको छ, डिएसपी बुढथापाले भने।
पौने चार बजेसम्म वलीलाई भेटिएको छैन। खोज्ने काम भइरहेको उनले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend