logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने


  • जन आकाश
  • शुक्रबार, असार २७ २०८२

काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ।
शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीको आधारमा आगामी वर्षको लागि सीमा निर्धारण गरेको हो।
सो क्रममा आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले जानकारी दिए।
उनका अनुसार आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट भौतिक तथा पूर्वाधार क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ।
पूर्वाधारका लागि ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend