logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१” सम्पन्न


  • जन आकाश
  • सोमबार, साउन ५ २०८२

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८२ श्रावण ३ गते कुपण्डोलस्थित होटल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१” प्रदान गरियो । सो सम्मान गायनतर्फ बरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ बरिष्ठ संगीतकार शीला बहादुर मोक्तानलाई जनही नगद पुरस्कार रु १००,०० सहित प्रदान गरिएको छ ।



कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ । कलाकार गौतमकी धर्मपत्नी यूगज्योति क्रियाशिलले उक्त सम्मान ग्रहण गरिन्।

२५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई प्रदान गर्दै आएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए । भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको छ र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदै आएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतानी पनि गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend