logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कर्णालीमा स्वास्थ्य सुधारका लागि सबै एकजुट हुनुपर्ने प्रदेश सभा सदस्य घनश्याम भण्डारीको आह्वान


  • जन आकाश
  • बुधबार, साउन ७ २०८२

विनोद नेपाली



काठमाडौं । कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको समन्वयमा आयोजित “प्रदेश स्तरीय वार्षिक प्रगति समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठी”मा सहभागी हुँदै प्रदेश सभा सदस्य घनश्याम भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

उहाँले भन्नुभयो, “सानातिना कमीकमजोरीले सरकारप्रति नागरिकको धारणा नकारात्मक हुन सक्छ। त्यसैले ड्युटी समयलाई सेवाग्राही केन्द्रित बनाउनु आजको आवश्यकता हो।”

कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रका विगतका असल अभ्यासलाई निरन्तरता दिँदै मनोबल उच्च बनाएर नियमित कार्यहरू थप सुदृढ रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। साथै आर्थिक वर्ष २०८१र८२ का लागि तय गरिएका नीति, कार्यक्रम, र विनियोजित बजेटलाई समयमा कार्यान्वयनमा ल्याउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो।

“यदि हामी सबै मिलेर कसम खाएर अगाडि बढ्यौं भने मात्र सार्वजनिक स्वास्थ्य सुधारमार्फत नागरिकमा सन्तुष्टि जगाउन सक्छौं,” उहाँले स्पष्ट पार्नुभयो।

यस अवसरमा कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य निर्देशनालय र मातहतका कार्यालयहरूले आर्थिक वर्ष २०८०र८१ मा सम्पन्न गरेका कार्यहरू प्रस्तुत गरिएका थिए, र नयाँ वर्षका लागि कार्ययोजना तय गरिँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend