logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच सम्झौता


  • जन आकाश
  • बिहिबार, साउन ८ २०८२

काठमाडौं । नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक ऐतिहासिक कदमस्वरूप, मिति २०८२ श्रावण ७ गते बुधवारका दिन सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निश्कासन (IPO) सम्बन्धी सम्झौता सम्पन्न भएको छ।



उक्त औपचारिक कार्यक्रम होटल मेरियट, काठमाण्डौमा सम्पन्न भयो, जसमा सम्झौतापत्रमा सारथि केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष  अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२र८३ मा आफ्नो जारी पुँजिको २०५ सर्वसाधारणलाई निश्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यस IPO  मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।

IPO बाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक Underground Cable उत्पादन सुरु गर्दै नेपालमा विद्युत्सा मग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास हुनेछ र त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी Aluminium Furnance Plant  जडानगर्ने लक्ष्य लिएको छ।

यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्नेछ। यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले बिगत १८ बर्ष देखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend