logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौ नेशनल मेडिकल शिक्षण अस्पतालको निशुल्क ओपिडी सेवा आरम्भ


  • जन आकाश
  • शुक्रबार, साउन १६ २०८२

काठमाडौं । काठाडौ नेशनल मेडिकल शिक्षण अस्पतालले आजवाट निशुल्क ओपिडी सेवा शुभआरम्भ गरेको छ । काठमाडौको डिल्ली बजारस्थित अस्पतालको आफ्नै भवनमा अध्यक्ष बसुरदिनले अस्पताल उदघाटन गरी सञ्चारकर्मीहरुलाई ओपिडी लगायत अन्य सेवाहरुमा समेत विशेष छुटको व्यवस्था रहेको जानकारी दिएका छन् ।



कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहाँगिर अन्सारीले पनि आफ्नो धारणा राख्ने क्रममा भने “काठमाडौँ शहरको केन्द्रमा अवस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमार्फत हामी नागरिकहरूलाई गुणस्तरीय, सुलभ र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यमा प्रतिबद्ध छौं।

हामी समुदायप्रति उत्तरदायी रहन चाहन्छौं। यही भावनाका साथ, अस्पताल पुनः सञ्चालनको अवसरमा हामीले निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेका छौं, जसमार्फत हामी आम नागरिकप्रति आफ्नो उत्तरदायित्व र प्रतिबद्धता प्रस्तुत गर्न चाहन्छौं।

हाम्रो उद्देश्य मात्र अस्पताल सञ्चालन गर्नु होइन, स्वास्थ्य र शिक्षा दुबै क्षेत्रमा दीर्घकालीन योगदान दिनु हो । यसै सन्दर्भमा, हामी सबै सेवाहरूलाई सहज, गुणस्तरीय र जनमुखी बनाउने दिशामा काम गरिरहेका छौं ।” सिइओ जागिर अन्सारीको भनाई हो ।

त्यसैगरी अस्पतालका व्यवस्थापक दिलिप साहले पनि आफ्नो भनाई राख्दै भने, “हामी यस पुनः सञ्चालनलाई नागरिकहरूको विश्वास जित्ने, उनीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने र स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा हाम्रो उत्तरदायित्व पुरा गर्ने अवसरका रुपमा लिएका छौं ।

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनको अवसरमा, हामीले सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने निर्णय गरेका छौं । यो सेवा अर्को सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध गराइनेछ । जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुनेछ । ” व्यवस्थापक दिलिप शाहको भनाई हो ।

सरकारले केहि वर्ष अगाडी सेवा सुविधा नपुगेको भनेर थुप्रै मेडिकल कलेजहरुलाई यसरी नै प्रतिबन्द लगाएको थियो । हाल सर्वोच्चमा आजपनि मुद्दा विचाराधिन छन् । तर सर्वोच्चले नै हस्पिटल सञ्चालन गरेर आउनु भन्ने आदेश दिएपछि हस्पिटल सञ्चालनमा ल्याएको हुनसक्ने जानकारहरु बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend