जन आकाश
मोहन कार्की ।
नेपालमा वार्षिक रुपमा झण्डै ४ खरब अटो क्षेत्रमा कारोबार हुने र त्यसमा झण्डै ३ खरब रकम बाहिरिने गरेको नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालले जानकारी दिने गरेको छ ।
यति धेरै ब्यापार हुने क्षेत्रमा नेपालमा पछिल्लो समय टायर, हेल्मेट, मोविल केही नगन्ने मात्रमा उत्पादन गर्न थालिएका छन् । भने होण्डा वाईक र बजाजले नेपालमा ऐसेम्बल गर्दै आईरहेको छ ।
टाटा ब्राण्डको गाडी बेच्दै आएको नेपालको आधिकारिक टे«डिङ सिप्रदीले आफ्नै २० भन्दा बढी क्षेत्रमा आफ्नै मर्मत केन्द्र स्थापना गरेर सेवा दिईरहेको छ ।
माथि आटोमोवाइल क्षेत्रमा हुने झण्डै ४ खरबको ब्यापार नेपालमै आफ्नै यातायात उत्पादन गर्ने कारखाना खोलेर नेपालीको रकमले धेरै मानिसहरुलाई रोजगार सृर्जना गर्न सक्ने सम्भावना देखिन्छ । तर नेपालले अहिलेसम्म यातायातको क्षेत्रमा दिर्धकालीन योजना बनाई सार्वजनिक गरेको सुन्नमा आएको छैन ।
नीजि क्षेत्र हुलास मोटरले मुस्ताङ नामक गाडी नेपालमा नै निर्माण गर्न डा. बाबुराम भट्टराईको पालामा शुरु गरेको जनाएको थियो । तर अहिलेसम्म त्यसको उत्पादन भएको छैन ।
नीजि क्षेत्रका व्यवासयीहरुलाई नेपालमा नै यातायातका सधन उत्पादन गर्न सकिदैन भनेर जनआकाश टिमले बाराम्बार सोध्ने गरेको छ ? गाडी बेच्दै आएका ट्रेडिङ कम्पनीहरुका सञ्चालकले सरकारले सहज वातावरण बनाई जग्गाको व्यवस्थापन र लगानीको ग्यारेण्टी गरिदिएमा नेपालमा पनि यातायातको साधन उत्पादन गर्न सकिने भन्दै आएका छन् ।
नाडा आटोमोवाइल एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष शम्भु दाहाल, कृष्ण प्रसाद दुलाल निवर्तमान अध्यक्ष धुब्र थापाले नेपालमा लगानीमैत्री वातावरण भएमा नेपाली लगानीकर्ता नेपालमानै म्यानुफ्याचरमा लाग्ने बताउछन् ।
नाडा अटोमोवाइलका अध्यक्ष करण चौधरीले “औद्योगिक क्षेत्रमा स्थाई नीति हुनुपर्छ । नेपालमा एउटा नीति बन्छ । उद्योगलाई सहजीकरण गर्ने विषयमा अर्को सरकार चेन्ज हुने वित्तिक्कै त्यस्तो काहा हुन्छ भनेर फेरी डिस्टब हुने गर्दछ । त्यसको अन्त्य गरी औद्योगिक क्षेत्रलाई दुरदर्शिता राखेर स्थाई नीति सरकारले वातावरण बनाई दिएमा लगानीकर्ताहरु नेपालमा नै यातायातका उद्योग खोल्न तयार छन् भन्दै आएकाछन् ।” अध्यक्ष चौधरीको जनआकाश मिडियाको जनआकाश टिभीमा समेत अन्र्तवार्ता हेर्न सकिन्छ ।
नेपाल अहिले विद्यतिय सवारी साधनहरुले बजारमा स्थान पाएका छन् । नेपालले जलविद्युतमा केही मात्रमा प्रगति गरिराखेको छ । जलविद्युत निर्माणका चरणहरु चलिरहेका हुनाले नेपालवाट वार्षिक झण्डै ४ खर्ब बराबरको पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । सरकारले पनि २०२५ मानै बागमती प्रदेशमा इलेक्ट्रिक सवारी साधनको लक्ष्य राखेको छ । सरकारको नीतिलाई आम नागरिकले पनि नेपालकै विद्युतले चार्ज गरेर चलाउन मिल्ने सवारी साधन खरिद गर्न विद्युतिय सवारी साधन नेपालीहरुको रोजाईमा पर्न थालेका हुन् । तर विदेशमा बन्ने नेपालका सवारी साधन गुड्ने सडकहरु कतिपय अझै पीच भई नसकेको र डाडा पाखाहरु हुदा नेपालको भौगोलिक अनसारका विद्युतिय सवारी साधनहरु उपलब्ध छैनन् । अर्को पटी नेपालमा डिजेलवाट चल्ने सवारी साधन भन्दा विद्युतिय सवारी साधन महगो पर्न गएको हुनाले अझै नेपालीहरुले यसको प्रयोग राम्रोसँग गर्न पाएका छैनन् । त्यसकारण नेपालले अफ्नै देशमा सवारी साधन उत्पादन गर्ने नीति चाडोभन्दा चाडो तय गरोस । देशमा रोजगार नपाएर निरासा बोकेर अर्काका देशमा पसिना बगाउन गईरहेका नेपालीहरुले नेपालमा नै काम पाउन् ।
नेपालमा नै सवारी साधनको उद्योग स्थापना गर्न सकियो भने नेपालको भौगोलिक अवस्था अनुसार सवारी साधन नेपाली मेकानिकल ईन्जिनियर बनाउछन् । नेपाललाई कस्तो साधन चाहिन्छ भन्ने ज्ञान नेपालीलाई हुन्छ । आखाँ खोल सरकार ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend