logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रसूति गृहमा ओपीडी टिकट निःशुल्क, एचआइभी परीक्षणमा ५० प्रतिशत छुट


  • जन आकाश
  • सोमबार, साउन १९ २०८२

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले महिला स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६६ औँ वार्षिकोत्सवको अवसरमा छुट सेवा प्रदान गरिने भएको हो ।



आजदेखि निःशुल्क ओपीडी टिकट र एचआइभी डीएनए परीक्षणमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले बताए ।

वार्षिकोत्सवको उपलक्ष्यमा कुपण्डोलस्थित नयाँ ओपीडी भवनबाट सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्त्रीरोग (गाइनोकोलोजी) सम्बन्धी सेवा लिन आउने बिरामीहरूलाई कुनै पनि शुल्क नलाग्ने उनले बताए ।

यस्तै, महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम पत्ता लगाउन गरिने परीक्षण एचआइभी डीएनए परीक्षणमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend