logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रास्वपा रामेछापको उमाकुण्ड गाउपालिका अधिवेशन भदौ २१ गते हुने


  • जन आकाश
  • मंगलबार, साउन २० २०८२

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप उमाकुुण्ड गाउपालिका अधिवेशन आउदो भदौ २१ गते उमाकुुण्ड गाउँपालिका वाडन४ च्यादलुुमा हुने भएको छ । उक कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा संसद स्वर्णिम वाग्ले, केन्द्रीय सदस्य तथा संसद शोभिता गौतम प्रमुख अतिथि र विशेष अतिथिको रुपमा निम्त्याइएको उमाकुुण्ड गाउँपालिकाका सभापति नवराज बस्नेतले जानकारी दिएका छन् । कार्यक्रमको लागि सम्पुुर्ण तयारीमा जुुटन पालिकास्तरका सवै समितिहरुलाई अनुुरोध गरिसकेको बस्नेतको भनाई छ ।



भदौ २२मा गोकुलगंगा गाउँपालिकाले पनि पालिका अधिवेशन गर्ने तयारी
उमाकुुण्ड गाउँपालिकाले सँगै भुुगोल जोडिएको गोकुलगंगा गाउँपालिकाले पनि केन्द्रका उपसभापति, केन्द्रीय सदस्य आउने अवसर पारेर अधिवेशन गर्ने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप काठमाडौ सम्पर्क बिभागका निवर्तमान उपसभापति राजकुुमार घिमिरेले जानकरी दिएका छन् । उनका अनुुसार गोकुुलगंगा र उमाकुुण्ड भुुगोल जोडिएको र नजिकै भएको हुुनाले एकैपटक लगातार पालिका अधिवेशन गर्न पाए राम्रो हुने र वडा अधिवेशन पनि त्यसैगरी उमाकुुण्ड सके लगतै गोकुलगंगा हुदै लिखु तामाकोशी गाउपालिका आएको थियो । घिमिरेको भनाई हो ।

रामेछाप जिल्लामा हालसम्म उमाकुुण्ड गाउँपालिकामा ७ वटा, गोकुुलगंगामा ४ वटा लिखुु तामाकोसीमा ७ वटा, मन्थलीमा १ गरी १९ वटा वडामा अधिवेशन भईसकेको रामेछाप जिल्लाका उपसभापति मोहन कार्कीले जानकारी दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend