logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आरटीएन दिवसको अवसरमा बिराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बुधबार, साउन २१ २०८२

काठमाडौं । आरटीएन  (राउण्ड टेबल नेपाल) दिवसको अवसरमा बिराटनगर सेन्ट्रल राउण्ड टेबल १५, ४१ क्लब ४ बिराटनगर, र ट्याङ्गेण्ट्स क्लब १ बिराटनगरको संयुक्त आयोजनामा जयहिन्द पीयू टेक, बिराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।



समाजसेवा र मानवता प्रतिको प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु रहेको थियो।

उक्त रक्तदान कार्यक्रममा क्लब सदस्यहरू, स्वयंसेवकहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो। सफल आयोजनाका क्रममा कुल ४२ पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जनाएका छन्।

यस किसिमका सामाजिक सेवामूलक गतिविधिहरूले समाजमा सकारात्मक सन्देश दिनुका साथै सहयोग र एकताको भावना पनि बलियो बनाउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend