logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चिकित्सक अभावले नागरिक उपचारबाट वञ्चित, सांसद बस्नेतको सरकारलाई आग्रह


  • जन आकाश
  • बुधबार, साउन २१ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।



बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नपाएको भन्दै जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

दरबन्दी भएका अस्पतालहरुमा समेत जनशक्ति आपूर्तिन हुन नसकेको उनको भनाइ छ। उनले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरुका ओएनएम नहुँदा दरबन्दी समेत सिर्जना हुन नसकेको बताए।

उनले तीन तहको सरकारबीच आवश्यक समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गरी नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न माग गरे।
सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend