logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मदन भण्डारीको पुरानै सम्पर्क कार्यालयमा विद्याभण्डारी फर्किंदै, भवन भाडामा लिइयो


  • जन आकाश
  • बिहिबार, साउन २२ २०८२

काठमाडौं । सम्पर्क कार्यालय खोल्न भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घर भाडामा लिएकी छिन् । भण्डारीले नयाँ बानेश्वर नजिक थापागाउँमा रहेको चार तले भवन भाडामा लिएकी हुन् ।



२०४८ सालमा मदन भण्डारीले काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा विद्याले सम्पर्क कार्यालय खोल्न लागेको उनीनिकट एक नेताले बताए। उक्त घर पूर्वउपमेयर विदुर मैनालीको भएको बताइएको छ ।

विद्या भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने मदन भण्डारी हिरक जयन्ती मूल समारोह समितिको कार्यालयका लागि उक्त भवन भाडामा लिएको दाबी गरे ।

एमाले अध्यक्ष केपी ओलीको अनिच्छाकाबिच भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । सो घोषणापछि एमालेले उनको सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेर पार्टीमा रोक्ने प्रयास थियो । तर पनि विद्याले आफ्नो गतिविधि नछाडेकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend