जन आकाश
काठमाडौ । जन आकाश मिडियाका सञ्चालक मोहन कार्कीले लेख्नु भएको हाम्रो देशमा अव्यवस्थित गाउँ शहर छ । मलाई सुन्दर नेपाल बनाउने रहर छ बोलको राष्ट्र भावको गीत यति मितिः २०८२ साल साउन २३ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा छायाङकन सम्पन्न भएको छ । दिनेश एस.के.को डारेक्शनमा रामेश्वर जिरेलले छायाङकन गरी सुटिङ सम्पन्न भएको हो ।
उक्त स्वदेशगानमा राष्ट्रिय कलाकार सुवास गजुरेल, संगीतकार माधव भण्डारी,गायक रुपक डोटेल तथा चर्चित कलाकारहरु एसराज गराच, सञ्चिता शाही, सुनिता खड्का, अभिचन्द्र कार्की,मोडल तथा संगीतकार विजेन्द्र नौबागे, रचनाकार मोहन कार्की, दिपक बराल, देवि प्रसाद चौलागाई, बिनोद कार्की, बिनोद नेपाली, बाल कलाकारहरुको पनि सहभागिता थियो, उक्त कलाकारहरुलाई मेकअप गरी सुन्दर बनाउने काम मेकप आर्टिष्ट रोजिना बज्रचार्यले गर्नु भएको थियो ।
उक्त गीतको रचनाकार मोहन कार्कीले केही दिन अगाडी मात्र फेसबुकमा सार्वजनिक गर्नुभएको थियो । उक्त रचना मन परेर बिजेन्द्र नोबागेले तुरुन्तै संगीत भर्नुभएको थियो । त्यसैगरी संगीत संयोजन माधव भण्डारीले उत्कृष्ट बनाउन भुमिका खेल्नु भएको थियो ।
राष्ट्रिय भावले ओतप्रोत गीतलाई रुपक डोटेल र उषा गजुरेलले गायर सहयोग गर्नुभएको थियो । कोरसमा एनिस एन्जल राई, लक्ष्मी स्याङतानले सहयोग गरेका थिए ।
उक्त म्युजिक भिडियोलाई जन आकाश मिडियाको १८ औ वार्षिकोत्सवको अवसरमा यहि २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीको बालकृष प्रेक्षालयमा उपसभामुख माननीय ईन्दिरा राणा मगरको प्रमुख अतिथिमा लोकार्पण हुदै छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend