logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“हरिबहादुरको जुत्ता” को पहिलो गीत सार्वजनिक


  • जन आकाश
  • मंगलबार, भाद्र ३ २०८२

काठमाडौं । दसैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म “हरिबहादुरको जुत्ता” को पहिलो गीत सार्वजनिक भएको छ।



सोमबार सार्वजनिक “बेला बितेसी” बोलको गीतमा प्रकाश सपुत र समीक्षा अधिकारीको स्वर छ। यसको भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको नृत्य हेर्न सकिन्छ। रोमान्टिक शैलीको यस गीतको शब्द तथा संगीत प्रकाश स्वयंमको हो भने श्यामस्वेत रसाईलीले मिस्किङ र मास्टरिङ गरेका छन्।

मौलिक लोक भाकाको स्वाद पाइने गीतको भिडिओलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्। भिडिओमा प्रकाश र स्वस्तिमाको मनमोहक नृत्य र रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। भिडिओलाई पवन सुस्लिङले खिचेका हुन्।

दीपेन्द्र के.खनाल निर्देशित हरिबहादुरको जुत्तामा वरिष्ठ अभिनेता हरिवंश आचार्य ‘हरिबहादुर’ को शीर्ष भूमिकामा छन्। साथमा प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले यस फिल्मको निर्माण गरेका हुन्। फिल्मको छायांकन कृष्णबहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन्।

वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्मका गीतमा आशिष अविरल, समीक्षा अधिकारी, प्रकाश सपुत, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिनेछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend