जन आकाश
काठमाडौ ।राष्ट्रिय सुसेली फाउन्डेसनले यही भदौ ४ गते दोस्रो साधारणसभा एवम् दर खाने तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । ” सुसेली” प्रवर्तक/अभियन्ता दुर्गा अधिकारी भमरकोटेको संयोजन/व्यवस्थापनमा सुसेली फाउन्डेसनकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालनमा, साहित्यकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानकि प्राज्ञ सदस्य डा. कौशिला रिसालको प्रमुख आतिथ्य, संस्थाकि संरक्षक, सल्लाहकार चन्द्रा न्यौपाने, वरिष्ठ साहित्यकार गंगा कर्माचार्य पौडेलको विशिष्ट आतिथ्यता र गीतकार तथा वरिष्ठ साहित्यकार मदन राज थापा, प्रा.डा शैलेन्दु नेपाल, वरिष्ठ कवि कलानिधि दाहाल, कपन बानेश्वरका प्रबन्धक तथा प्रधान सम्पादक निबन्ध आचार्य, नोवेल साकोसका संस्थापक अध्यक्ष राजन न्यौपाने, बुनपा १० का वडा अध्यक्ष नवराज भट्टराई, सुसेलीका महासचिव दामोदर ढकाल दिपक, कोषाध्यक्ष कृष्ण केसी, सुसेलीका अन्य पदाधिकारी लगायत करिब सय सुसेली प्रेमी स्रष्टाहरूको उपस्थिति रहेको थियो।
सुसेलीका नारी स्रष्टाहरूले लामो समय सुसेली वाचनसँगै पुरुषसमेतलाई मिसाएर हर्षोल्लासमय वातावरणमा कपन मिलन चोक पञ्चकुमारीमा रहेको मिलनचोक पार्टी भेन्युको सभाहलमा सुसेली गायनका साथको नृत्यलहरमा छम्छमाएका दृश्य हेर्नेहरूले उत्साहप्रद तवरमा ताली पिटेर साथ दिएका थिए । कार्यक्रममा तीज सम्बन्धि सुसेलीको म्युजिक भिडियो छायांकन पनि भएको थियो ।
यसैगरि यो कार्यक्रम साधारणसभा सँगै जोडिएकोले फाउन्डेसनको आर्थिक जानकारी कोषाध्यक्ष कृष्ण केसीले प्रस्तुत गर्नुभएको थियो भने सुसेलीको लयमा संस्थाका महासचिव दामोदर ढकालको स्वागत मन्तव्यका साथ सुसेली गायनबाट सुरु भएको थियो। कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर प्रमुख अतिथि कौशिला रिसालले गर्नुभएको थियोे । साधारणसभा तर्फको बैठकको अध्यक्षता फाउन्डेसनका अध्यक्ष भमरकोटेले गर्नुभएको थियो भने तीज विशेष कार्यक्रमको सभापतित्व सुसेली अभियन्ता पुनम घिमिरेले गर्नुभएको थियो ।
करिब एक सय जनाको उपस्थिति रहेको यो हरितालिका तीजको कार्यक्रममा संस्थाका सल्लाहकार डा. शैलेन्दुप्रकाश नेपाल, वरिष्ठ साहित्यकार मदन राज थापा, वरिष्ठ साहित्यकार कलानिधि दाहाल कवि साहित्यकार माधवप्रसाद रिजाल नोवेल साहित्य समाजका संस्थापक अध्यक्ष राजनप्रसाद न्यौपाने, सिस्नोपानी नेपालका निर्देशक थरेन्द्र बराल, गोङ्गवु साहित्य समाजका अध्यक्ष द्वारिका कुइकेल अभिनव साहित्य समाजका उपाध्यक्ष तथा सुसेलीका विशिष्ट सदस्य विमल अर्यालले शुभकामना दिनुभएको थियो भने सुसेली फाउन्डेसनका अध्यक्ष भमरकोटेले सबैमा सुसेली मार्फत धन्यवाद दिनुभएको थियो । अन्य सबै उपस्थित कवि साहित्यकार ज्यूहरूले सुसेली गाएर र नाचेर साथ दिनुभएको थियो । कार्यक्रममा बुनपा १० का वडा अध्यक्ष नवराज भट्टराईको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ डा. रिसालले कविताको उपविधा सुसेलीलाई नेपल प्रज्ञाप्रतिष्ठानको साथ र सहयोग रहदै आएको छ र यसको निरंतरता रहनेुका साथै सुसेली प्रज्ञा र जनमानसबाट स्थापित भैसकेको जानकारी दिँदै बधाई एवम् शुभकामना दिनुभएको थियो ।
अन्तमा कार्यक्रमकि सभापति सुसेली अभियन्ता पुनम घिमिरेले उपस्थित सबै सहभागी र सहयोगीमा धन्यवाद ज्ञापन गर्दै कवि साहित्यकार माधवप्रसाद रिजाल माधवानन्द सहितले प्रायोजन गर्नुभएको दर खाएर जान अनुरोध गर्दै सभाको समापन गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend