जन आकाश
काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानअन्तर्गत ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ।
ग्राहकको आवश्यकता, सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको बैंकले आफ्ना डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने नीतिअनुरूप दराज नेपालसँग सहकार्य गरेको जनाएको छ।
यस सहकार्यअन्तर्गत २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
योजनाअनुसार डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ। त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यो छुट प्राप्त गर्न ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्नेछ। साथै, योजना अवधिमा सहभागी हुने ग्राहकलाई पहिलो प्राथमिकताका आधारमा छुट प्रदान गरिनेछ।
यस प्रकारको सहकार्यले ग्राहकसँग डिजिटल माध्यमबाट जोडिन, भुक्तानी प्रक्रियालाई सहज बनाउन तथा डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend