logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

देउवा पक्षले २४ जिल्लामा सक्यो कांग्रेस जिल्ला अधिवेशन, २४ जिल्लामा नयाँ सभापति चयन


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले हालसम्म ७७ जिल्लामध्ये २४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । सम्पन्न अधिवेशनबाट जिल्ला सभापतिसहित पदाधिकारी र सदस्यहरू सहमतिका आधारमा चयन गरिएको उक्त पक्षले जनाएको हो ।



देउवा पक्षले सुरुमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन प्रक्रिया अघि बढाएको थियो । पार्टीको निर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशन कात्तिक १५ गतेका लागि तय गरिएको थियो । तर, तोकिएको समयसम्म २४ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ ।

हाल डडेल्धुरा, धादिङ, बाजुरा र दाङमा जिल्ला अधिवेशन जारी रहेको छ । बाँकी जिल्लामा पनि एक–दुई दिनभित्रै अधिवेशन सम्पन्न गरिने देउवा पक्षले जनाएको छ

यसैबीच, आगामी मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहेको छ ।

पूर्वमहामन्त्री शशांक कोइरालालाई १५औँ महाधिवेशन तयारी समितिको संयोजक बनाएर देउवा पक्षले अधिवेशन प्रक्रिया अघि बढाएको हो ।

२४ जिल्लामा चयन भएका सभापतिहरू

देउवा पक्षबाट जिल्ला सभापतिमा चयन भएकाहरूको विवरण यसप्रकार छ :

1. संखुवासभा – रामकुमार जिमी

2. डोल्पा – देउप्रसाद बुढा

3. हुम्ला – सूर्यबहादुर शाही

4. जुम्ला – नेत्रकला शाही

5. मुगु – तिलक मल्ल

6. रुकुम पश्चिम – नन्दबहादुर विष्ट

7. कालिकोट – नगेन्द्र विष्ट

8. डोटी – बाजीसिंह खड्का

9. बैतडी – वीरबहादुर विष्ट

10. रोल्पा – मानबहादुर खत्री

11. भोजपुर – धर्मराज राई

12. दैलेख – दिनेशकुमार हमाल

13. दार्चुला – सुरेन्द्र अवस्थी

14. सल्यान – दीपक चन्द

15. धनुषा – कोमलकान्त झा

16. चितवन – मिलनबाबु श्रेष्ठ

17. प्यूठान – देवेन्द्र बर्मा

18. कपिलवस्तु – राजेश सिंह

19. पर्वत – यमबहादुर मल्ल (रामकृष्ण)

20. म्याग्दी – हिराबहादुर पुन

21. बारा – राजेश राय यादव

22. झापा – कृष्ण हुमागाईं

23. कास्की – ऋषिराम काफ्ले

24. सिन्धुपाल्चोक – बालकृष्ण बस्नेत

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend