logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मेटलाइफले ३ नयाँ स्थान पर्सा, कावासोती र दमौलीमा बीमा पहुँच विस्तार


  • जन आकाश
  • बुधबार, भाद्र ११ २०८२

काठमाडौं ।  मेटलाइफले गत हप्तामा पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस उद्घाटन गरेको छ, जसले हजारौं घरपरिवारलाई विश्वासिलो वित्तीय परामर्श र बीमा सेवामा अझ सजिलो पहुँच उपलब्ध गराउनेछ ।



जीवन बीमा वित्तीय सुरक्षाका लागि झन् आवश्यक बन्दै गएको बेला, मेटलाइफ नेपालले परिवार र व्यवसायहरुलाई थप सुरक्षा सहज बनाउन सार्थक कदमहरू चालिरहेको छ ।

नेपालका विभिन्न क्षेत्रहरूमा बीमा सेवाहरूको पहुँच विस्तार गर्दै, मेटलाइफले अझ धेरै परिवारलाई सुरक्षित भविष्यको योजना बनाउन, प्रियजनलाई सुरक्षित राख्न, र जीवनका अनिश्चितताविरुद्ध वित्तीय प्रतिरोधात्मक क्षमता बलियो बनाउन सुनिश्चित गर्न खोजेको छ । नयाँ अफिसहरूले बीमा सेवा मात्र प्रदान गर्ने छैनन्, यसले स्थानीय रोजगारका अवसर पनि सिर्जना गर्नेछ र वित्तीय सुरक्षा क्षेत्रमा अर्थपूर्ण करियर बनाउन मानिसहरूलाई सक्षम पार्नेछ ।

यस अवसरमा, मेटलाइफ नेपालका जनरल म्यानेजर श्री निर्मल काजी श्रेष्ठले भन्नुभयोः“पर्सा, कावासोती र दमौलीमा हाम्रो ढोका खोल्नु केवल सञ्जाल विस्तार मात्र होइन — यो बीमा सुरक्षालाई मानिसहरूको दैनिक जीवनमा नजिक ल्याउने हाम्रो संकल्प हो। यहाँ उपस्थित रहँदा, हामी मानिसहरुले वित्तीय सुरक्षा पाउन टाढा यात्रा गर्न वा लामो समय पर्खिनु नपरोस्, र वहाँहरूले अब मनको शान्ति र दीर्घकालीन वित्तीय सुरक्षा प्राप्त गर्न सकून्भन्ने सुनिश्चित गर्न चाहन्छौं ।”

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend