logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

काठमाडौँ महानगरपालिकामा नेपाल टेलिकमको ’कर्पोरेट प्याकेज’ लागू हुने


  • जन आकाश
  • बिहिबार, भाद्र १२ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सम्पूर्ण वडा कार्यालय र मातहतका कार्यालयहरूमा इन्टरनेट सेवाको स्तरोन्नति गर्ने भएको छ । महानगरले हाल प्रयोग भइरहेको ’डेडिकेटेड लिज लाइन’ को सट्टा नेपाल टेलिकमको ’कर्पोरेट प्याकेज’ जडान गर्ने निर्णय गरेको छ ।



महानगरपालिकाको सूचना प्रविधि विभागले जारी गरेको पत्रानुसार महानगरपालिकाको सूचना प्रविधि समिति र नेपाल टेलिकमका अधिकारीहरु बीच छलफल पछि साउन २७ निर्णय भएको हो । महानगरपालिकाको सूचना प्रविधि विभागका विभागीय प्रमुख अनिरुद्र नेपालका अनुसार ‘महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा विगत देखि डेडिकेटेड लिज लाइन प्रयोग हुँदै आएकोमा इन्टरनेटलाई थप सुदृढ र प्रभावकारी बनाउनका लागि टेलिकमको कर्पोरेट प्याकेज जडान गर्ने निर्णय भएको हो ।

नेपाल टेलिकमका प्रतिनिधि र महानगरपालिकाको सूचना प्रविधि विभागका कर्मचारीहरू उक्त प्याकेज जडानका लागि महानगरका सबै कार्यालयहरूमा खटिने भन्दै विभागले परिपत्र गरेको हो । महानगरपालिकाले आफ्ना सबै वडा कार्यालय, स्वास्थ्य प्रवर्धन केन्द्र र आयोजना कार्यालयहरूलाई कर्पोरेट प्याकेज जडान गर्न सहजीकरणको लागि पत्र पठाएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend