logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

सबिन खड्का र आसा बिसीको आवाजमा “चालिस कटेसी” सार्वजनिक


  • जन आकाश
  • आइतबार, भाद्र १५ २०८२

काठमाडौं । सबिन खड्का र गायिका आसा बिसीको स्वरमा सजिएको सन्देशमूलक तथा रोमान्टिक गीत ‘चालिस कटेसी’ सार्वजनिक भएको छ। उक्त  गीत (SK Entertainment Nepal) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।



गीतको शब्द गायक सबिन खड्काले नै रचना गरेका हुन्, जसमा रोमान्टिक तरिकाबाट घरको खुसिको खोजिमा बालपनमै बिदेशिएका युवा युवतिले आफ्नो जवानी प्रदेशमै फाल्नु परेको यर्थात पिडालाई समाबेश गरिएको छ ।

सबिन खड्का शब्द रचनामा एक संवेदनशील, अनुभवी र कलात्मक सर्जकका रूपमा उभिएका छन्। उनले गीतमार्फत केवल प्रेम र सम्बन्धको कथा मात्र होइन, समाजको एउटा गहिरो यथार्थ पृष्ठभूमिलाई पनि समेटेका छन्। “चालिस कटेसी” को शब्द सुन्दा, उमेरसँगै बदलिंदो सोच, सम्झना, पछुतो, र अपनत्वको खोज झल्किन्छ। उनका शब्दले सारा नेपालीको मन छुन्छ ।

गीतमा संगीत मोतिराज खनालले भरेका छन् भने हेमराज डाँगीको संगीत संयोजन, मिक्सिङमास्टरिङले अडियो पक्षलाई प्राविधिक रूपमा सशक्त बनाएको छ।

भिडियो निर्देशन सुरज खनालले गरेका हुन्। भने सुमित्रा संजिलाले कोरियोग्राफि गरेकिछन् । शिव बिकको सिनेम्याटोग्राफी, र बिनोद बमको सम्पादन तथा रङ संयोजनले भिडियोको दृश्यात्मक प्रस्तुति आकर्षक बनाएको छ।

गीतको प्रमुख भूमिकामा महेन्द्र खड्का, कमल जीसी, सबिन खड्का, रिना गुरुङ, यशु भट्टराई लगायतको अभिनय रहेको छ भने सायक कलाकारको रुपमा बिनोद कार्की, ध्रुव बस्नेत, शोभाखर खनाल, शिव शाह, शिवराज राउत, डिबी पाण्डे, जीवन ताराम मगर, छविलाल बेलबासे, क्रिस्टिना शाह, सलिना लुइटेल, सुष्मा कार्की, सुहाना क्षेत्री, सरु आचार्य, मुना खरेल र प्रितिका खनालको अभिनयले गीतलाई थप रोचक बनाएको छ ।

अडियो र भिडियो दुवै पक्ष सशक्त रहेको “चालिस कटेसी” बोलको गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । सबिन खड्काको सशक्त शब्द र आवाजले नेपाली संगीत क्षेत्रमा सामाजिक सन्देश बोकेको गीति साहित्यलाई थप उचाइमा पुर्याउने बिश्वास गर्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend