logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

नेपाल टेलिकमको ‘कल ट्युन’ सेवा अस्थायी रूपमा अवरुद्ध


  • जन आकाश
  • बुधबार, भाद्र १८ २०८२

काठमाडौं । नेपाल टेलिकमले प्रदान गर्दै आएको Caller Ring Back Tone (CRBT)  सेवा प्राविधिक समस्याका कारण अस्थायी रूपमा बन्द गरिएको कम्पनीले जानकारी दिएको छ।



कम्पनीले एक सूचना जारी गर्दै सेवा प्रवाहमा उत्पन्न प्राविधिक समस्या समाधानका लागि आवश्यक कार्यहरू भईरहेको उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द रहने जानकारी दिएको हो।

नेपाल टेलिकमका अनुसार समस्या समाधानको लागि प्राविधिक टोलीले काम गरिरहेको छ र सेवा यथासक्य छिटो पुनः सञ्चालनमा ल्याउने प्रयास जारी छ।

कम्पनीले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सहयोग र धैर्यका लागि धन्यवाद प्रकट गरेको छ।

नेपाल टेलिकमद्वारा प्रदान गरिने CRBT सेवा अन्तर्गत ग्राहकहरूले आफैंले रोजेका गीत, धुन वा सन्देशहरू आफ्ना कल रिसिभ हुने बेलामा सुनिने गरी सेट गर्न सक्ने सुविधा पाउँछन्। सेवा पुनः सञ्चालनमा आएपछि कम्पनीले पुनः सूचना जारी गर्ने बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend