logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

जेलब्रेक घटना : कर्णालीका डीआईजी सापकोटा पनि गए डोल्पातर्फ


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । शुक्रबार राति डोल्पा कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाको अवस्था बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटा डोल्पातर्फ लागेका छन्।



उनी मंगलबार बिहानै वीरेन्द्रनगरबाट भेरी करिडोर हुँदै डोल्पातर्फ प्रस्थान गरेका हुन्। कारागारमा १५ जना सुरक्षाकर्मी ड्युटीमा खटिएका बेला पनि आठ जना कैदीबन्दीले सुरुङ खनेर फरार हुँदा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। सुरक्षाकर्मीको उपस्थितिका बाबजुद घटना कसरी हुन पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

घटनाबारे छानबिन गर्न जिल्ला तहबाट अध्ययन टोली खटाइएको छ भने प्रहरी प्रधान कार्यालयबाट पनि मंगलबार नै अर्को टोली डोल्पा पुगेर अनुसन्धान सुरु गरेको छ। फरार कैदीबन्दी भाग्नुको कारण, सुरक्षा कमजोरी तथा घटनामा हुन सक्ने अन्य संलग्नताबारे अनुसन्धान केन्द्रित हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend