logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनको एजेन्डामा छलफल हुने


  • जन आकाश
  • बिहिबार, भाद्र १९ २०८२

काठमाडौं । दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ ।



एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक विधान महाधिवेशनमै केन्द्रित हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

एमालेको विधान महाधिवेशन भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend