logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

पोर्चुगलको लिस्बनमा रेल दुर्घटना १५ जनाको मृत्यु


  • जन आकाश
  • बिहिबार, भाद्र १९ २०८२

काठमाडौं । पोर्चुगलको लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।



बुधबार लिस्बनमा फ्युनिकुलर रेलको एउटा डिब्बा लिकबाट खसेपछि दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो।
दुर्घटनामा १८ जना घाइते भएका छन्। स्थानीय समयअनुसार दुर्घटना बुधबार साँझ ६ बजे भएको हो।

केही यात्रुहरू रेलमै च्यापिएका थिए। उनीहरूलाई उद्धारकर्ता सुरक्षाकर्मीहरूले बाहिर निकालेका थिए।
मृतकको परिचय भने अझै सार्वजनिक भएको छैन।

घाइते भएका १८ जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ। उनीहरूको उपचार जारी रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend