logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर, रिजाल क्यानिङ कम्पनीको जग्गा प्रकरणमा अख्तियारको कदम


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।



रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा बढी रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराई सट्टापट्टाका नाममा बिक्री गरिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस प्रकरणमा नेपालसहित अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।

अख्तियारकी सूचना अधिकारी पार्वती हितानका अनुसार हदबन्दीसम्बन्धी विषयमा नेपालसहित धेरै प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। हाल मुद्दासम्बन्धी कागजात रुजु गर्ने काम भइरहेको उनले जानकारी दिइन्।

यस प्रकरणको थप विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

यसअघि पनि पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री वितरण गर्न अनुमति दिएको प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend