logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

‘सगरमाथा फ्रेन्डशिप–२०२५’ संयुक्त सैन्य अभ्यास सुरु


  • जन आकाश
  • आइतबार, भाद्र २२ २०८२

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं– पाँचौं संस्करणको नेपाल–चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ भदौ २२ गते (७ सेप्टेम्बर) देखि काठमाडौँमा सुरु भएको छ । नेपाली सेना र चिनियाँ सेनाबीचको यो अभ्यास १० दिनसम्म सञ्चालन हुनेछ ।



अभ्यास विपद् व्यवस्थापन, मानवीय सहायता र साझा क्षमताहरूमा केन्द्रित रहनेछ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, अभ्यासले दुवै देशका सेनाबीच अनुभव र ज्ञान साटासाट गर्ने अवसर दिनेछ ।

यो तेस्रो पटक नेपालमै आयोजना गरिएको हो। यसअघि २०१७ र २०१९ मा नेपाल र २०१८ मा चीनको छेन्दूमा अभ्यास भएको थियो। कोभिड–१९ महामारीपछि पहिलो पटक यो अभ्यास पुनः सुरु गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend