जन आकाश
काठमाडौंं । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित छ । यस्तै सिक्किम आसपासको निम्न चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू-भागमा पर्ने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू(भागमा साधरणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका थोरै र बाँकी भू(भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशको पहाडी भू(भागमा) साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका) एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू(भागमा साधरणतया बदली र बाँकी भू(भागमा) आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका) केही र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend