logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुटुमा गोली लागेका युवकको त्रिवि शिक्षण अस्पतालमा सफल शल्यक्रिया


  • जन आकाश
  • मंगलबार, भाद्र ३१ २०८२

काठमाडौं । भदौ २४ गतेको आन्दोलनमा परेर मुटुमा गोली लागेका एक घाइतेको त्रिवि शिक्षण अस्पतालमा सफल शल्यक्रिया भएको छ।



पर्वत घर भएका एक युवकको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको शल्यक्रियापछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १५ भन्दा धेरैको अपरेशन गरिएको भए पनि ती युवकको जटिल अपरेशन रहेको सेन्टरका कार्डियो थोरासिक भास्कुलर सर्जरीका प्रमुख समेत डा अनिल भट्टराइले बताए।

‘देब्रो छातीबाट गोली छिरेर मुटुमा लागेको थियो।फोक्सो पनि च्यातिएको थियो।अन्य अंगलाई पनि असर गरेको थियो,’ उनले भने, ‘मुटुमा गोली लागेका घाइतेको उपचार अलि जटिल हुन्छ। समयमै ल्याएकाले बचाउन सकियो।’

शल्यक्रियामा डा भट्टराई सहित डा.उत्तमकृष्ण श्रेष्ठ, डा. रन्जन सापकोटा सहितको टोली संलग्न थियो। सेन्टरमा फोक्सो, रक्तनली लगायतका अंगमा गोली लागेकाहरूको समेत अपरेशन शल्यक्रिया भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend