logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

चाक्सीबारीमा देउवानिकट पूर्वपदाधिकारीहरूको बैठक


  • जन आकाश
  • आइतबार, असोज ५ २०८२

काठमाडौं । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार मध्याह्न उनीहरू छलफलमा जुटेका हुन्। छलफलमा पूर्वमहामन्त्री सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत छन्।



बदलिँदो राजनीतिक घटनाका विषयमा उनीहरूबीच छलफल भएको छ। आजै बिहान पत्रकार सम्मेलन गरी प्रवक्ता महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। महामन्त्रीद्वयले पार्टी रूपान्तरण गरिछाड्ने बताएका थिए।

तर प्रवक्ता महतले सभापति देउवा भदौ २४ गते घरमै प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पतालमा उपचार गराइरहेको बेला घाउमा चुनचुक छर्ने काम गर्न नहुने बताएका थिए।

सिंहलगायत पूर्वपदाधिकारीहरू लामो समयदेखि छलफल गर्दै एजेन्डा तय गर्दै अघि बढ्दै आएका थिए। उनीहरू सबै सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend