logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एससीटीले ल्यायो Smart Celebrations with SCT अफर


  • जन आकाश
  • सोमबार, असोज ६ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि घटस्थापना देखि छठ सम्म Smart Celebrations by SCT अफर सुरु गर्दै छ ।



यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा यहि असोज ६ गते देखि कार्तिक १० गते सम्म SCT- UnionPay कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् ।

यसको लागी भुक्तानी गर्न SCT-UnionPay  कार्ड प्रयोग गरी एइक् मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर घटस्थापना देखि छठ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT- UnionPay कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend