जन आकाश
काठमाडौं । स्कोडा नेपालले आकर्षक अफर र भव्य पुरस्कार सहित सार्वजनिक गर्यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ।
यो अभियान अनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुशी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउनेछन्। “फास्ट एण्ड फियरलेस” भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाइरहेको छ।
यो अभियान अन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले २०५ डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष, कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्, जुन वर्ल्ड क्लास मोटरस्पोर्ट्स हेर्न जीवनमै एकपटक पाइने अद्वितीय अवसर हो।
चाडपर्वलाई अझ रमाइलो बनाउन स्कोडाले आकर्षक अफर र रोमाञ्चक पुरस्कारहरूको संयोजन ल्याएको छ, जसले गर्दा ग्राहकले केवल गाडी मात्र होइन, अविस्मरणीय सम्झना पनि घर लैजान सक्नेछन्।
स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारलाई निरन्तर रूपमा नयाँ परिभाषा दिइरहेको छ।यो अभियान हाम्रो समुदायप्रति आभार व्यक्त गर्ने र अझै राम्रो सेवा दिने वाचा हो। नेपालभर रहेका सबै अधिकृत स्कोडा सोरूममा बुकिङ खुला भैसकेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend