logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

भक्तपुरको गुण्डुमा बस्नेगरी एमालेले बोलायो सचिवालय बैठक


  • जन आकाश
  • शनिबार, असोज ११ २०८२

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। आइतबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एमालेका एक पदाधिकारीले जानकारी दिए।



बैठक भक्तपुरको गुण्डुमै बस्ने तय भएको पनि ती पदाधिकारीले जानकारी दिए। एमालेले २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।

भदौ २४ गते प्रदर्शनकारीहरूले च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी गरेका थिए। बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको घरमा पनि तोडफोड र आगजनी भएको थियो।

त्यसपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । उनी असोज २ गते मात्रै सेनाको सुरक्षा घेराबाट बाहिर आएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend