जन आकाश
मोहन कार्की ।
नेपालमा टाटा मोटर्सको नाम लिने वित्तिक्कै सिप्रदी टेड्रिङ प्रा.लि.को नाम प्रतिष्ठाको रुपमा आईहाल्छ । सन् १९६१ मा भारतमा स्थापना भएको टाटा मोटर्सले शूरुका दिनमा भारतमा मोटर गाडी उत्पादन गरी बिक्री बितरण गर्दै आएको थियो । छिमेकी राष्ट्र नेपालमा यसको प्रभाव नपर्ने कुरै भएन । सन् १९८२ मा सिप्रदी ट्रेनिङको स्थापना भयो स्थापना भएदेखिनै नेपालमा आधिकारिक बिक्रेताको रुपमा टाटा मोटर्स इन्डियाका उत्पादन बिक्रीको लागि सिप्रदीले व्यवस्थापन गरी नेपाली ग्राहकको विश्वास जित्ने काम गरेको थियो ।
टाटा मोटर्सले विश्वव्यापी रूपमा ग्राहको आवश्यकता अनुसार सावारी साधन उत्पादन गरेर बजार विस्तार गर्दै लगिराखेको थियो । त्यसमा सवल तरिकाले नेपाली ग्रहकको आवश्यकताको खोज, अनुसन्धान गरी टाटा कम्पनीलाई नेपाली आवश्यकताको सुझाव पठाउने काम सिप्रदीले गर्दै आएको थियो र आजसम्म निरन्तर रुपमा ग्राहक र कम्पनीको बीचमा पुलको रुपमा काम गर्दै आएको छ ।
विशाल रुपमा विस्वब्यापी बजार विस्तार गरेको टाटा मोटर्स कम्पनीले बेलायत, इटाली, भारत, नेपालमा र दक्षिण कोरियामा रणनीतिक रूपमा ग्रहकलाई आकर्षित गर्न सफल भएको छ ।
नेपालमा टाटाको अवस्था
नेपालमा टाटाका ट्रक, बस, ट्रिपर पछिल्लो समय कारहरु टियागो, नेक्शन प्राईभेट र सरकारी कार्यलयमा प्रयोग भएका छन् भने सार्वजनिक सवारीकोरुपमा प्रयोगमा आएको ट्याक्सी एक्सपे्रस टि लगायत व्यवसायिक गाडीलाई नेपालमा अत्याधिक बिक्री गर्न सफल सिप्रदीको व्यवस्थापन चुस्त रहेको देखिन्छ । नेपालमा टाटाका सवारी साधन सर्वसाधरण देखि लिएर धनाढ्याले प्रयोग गर्ने लक्जरीयस सवारी साधन मन पराउनुको मुख्य कारण नै टाटाका गाडी बलिया, तेल कम खपत गर्ने, समस्या कम आउने र सजिला हुन्छन् भन्ने विश्वासको वातावरण नेपालभित्र सिप्रदीले ग्रहकसँगको सम्बन्ध गहिरो राखि ग्रहकले दिएको सुझावलाई नै कम्पनीसँग प्रस्ताव राखेर ग्रहकले भनेकै जस्तो सवारी साधन नेपालमा झिकाई बिक्री गरेर ग्रहकको विश्वास जितेको कारण नेपालमा टाटाका उत्पादन न. वान १ मान्न सकिन्छ ।

पछिल्लो समय सिप्रदी ट्रेनिङले बिक्री गर्ने म्याक नेपालकै धेरै बिक्ने लुब्रिकेन्ट हो । इक्जिड ब्याट्रीको पनि सबैभन्दा ठूलो बजार छ । जुन बिक्री सिप्रदीले नै गर्ने गरेको छ ।
सिप्रदीका हाल देशभरी वर्कसप, शोरुम, स्पेयर्स लगायतका सेवा विस्तार गरिरहेको छ । ५६ वटा आफ्नै अत्याधुनिक वर्कसप छन् । पूर्वको मेचीदेखि पश्चिममा महाकालीसम्मका राष्ट्रिय राजमार्ग र प्रमुख शहरहरुमा सिप्रदीको आधिकारिक शोरुमहरु रहेका छन् ।
नेपालका महत्वपूर्ण क्षेत्रलाई सिप्रदीको ट्रेनिङ
सिप्रदीले नेपालकै उत्कृष्ट अटोमोबाइल ट्रेनिङ सेन्टर पनि चलाइरहेको छ । जसमा सेना, प्रहरीका चालक र मेकानिकले पनि तालिम लिन्छन् । उक्त कार्यवाट नेपाल सरकारलाई समेत योगदान पुगेको छ ।
सिप्रदीको ग्राहकप्रतिको दाइत्व
कम्पनीले ग्राहकमाथि विश्वास दिलाउन विभिन्न योजनाहरु ल्याएका छन् । सिप्रदीले अहिले तोकिएको समयभित्र मर्मत गरेर नदिए ग्राहकलाई नै क्षतिपूर्ति दिनेसम्मका कामहरु गर्दै आएको छ । जुन कार्यवाट ग्राहक प्रतिको उत्तरदाइत्व पुरा गर्ने गरेको जिम्मेवार कम्पनीको रुपमा स्थापित छ ।
सिप्रदी ट्रेनिङद्धारा बिक्री वितरण गरिएका कुनैपनि सवारी साधन, लुब्रीकेट, स्पेयर पार्टसमा समस्या आएमा कम्पनीलाई निसंकोच कम्प्लेन गरेमा सुधार गर्ने गरेको र पार्टसहरु एक्सचेन्ज गरेर ग्राहकलाई सन्तुष्ट दिने गरेको कम्पनीका अधिकृतहरुले बताउदै आएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend