logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बाढी,पहिरो प्रभावित कोशी प्रदेशमा राहत वितरण


  • जन आकाश
  • बुधबार, असोज २२ २०८२

काठमाडौं । कोशी प्रदेश सरकारले पछिल्ला बाढी र पहिरो प्रभावित परिवारका लागि राहत सामग्री पठाउने कार्य तीव्र पारेको छ।



हेलिकप्टर र अन्य सवारी साधनमार्फत हिजो विभिन्न स्थानमा सामग्री पठाइसकेको सरकारले आज पनि तीन ट्रकभन्दा बढी राहत सामग्री इलाम, माईजोगमाई, माई नगरपालिका र झापा गाउँपालिकालगायतका क्षेत्रमा पठाएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारसँग उपलब्ध सबै राहत सामग्री तीव्र गतिमा पठाइएको बताए । उनका अनुसार सरकारका सबै निकायहरू समन्वयमा रहेर राहत वितरणमा जुटिरहेका छन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राहत सामग्री पठाउने कार्यसँगै मृतकका परिवारलाई राहत रकम वितरणको तयारी भइरहेको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend