जन आकाश
काठमाडौं । दैलेख, दुल्लू नगरपालिकाको आयोजनामा र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल दाङको सहयोगमा यही २०८२ असोज २६ र २७ गते विजया माध्यमिक विद्यालय, दुल्लूमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।
शिविरमा दुल्लू नगरपालिका तथा आसपासका स्थानीयवासीले आँखासम्बन्धी रोगको जाँच, उपचार र परामर्श सेवा निःशुल्क रूपमा प्राप्त गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख भरत प्रसाद रिजालले दुल्लू नगरपालिका र समग्र दैलेख जिल्लाका आँखाको समस्या भएका नागरिकहरूलाई उक्त शिविरबाट सेवा लिन आग्रह गरेका छन्।नगरबासीको स्वास्थ्य र सुविधा हाम्रो प्राथमिक जिम्मेवारी हो।
स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि नगरपालिका निरन्तर यस्ता जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुल्लू नगरपालिकाले यसअघि पनि विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै स्थानीय समुदायलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend