logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महेश बस्नेतको चुनौती: मलाई पक्राउ गरेर देखाउनुस्


  • जन आकाश
  • बुधबार, असोज २२ २०८२

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्।



एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिए लगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिए।

नेता बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए।

उनले भने, ‘मलाई समातेर देखाउनुस्। विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको पक्षमा जेल जान आफू तयार भए पनि कसैले लगाएको आरोप सह्य हुँदैन। जेनजी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरूलाई कारबाहीको दायरामा ल्याओस्।
नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको समेत बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend